सहकारीमा सुशासन र वित्तीय पारदर्शिता बढाउन रास्कोटमा तीन दिने तालिम सुरु

सहकारीमा सुशासन र वित्तीय पारदर्शिता बढाउन रास्कोटमा तीन दिने तालिम सुरु

कालीकोट — सहकारी संस्थाको व्यवस्थापनलाई प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले कालीकोटको रास्कोट नगरपालिकामा सहकारी व्यवस्थापन समिति तथा कर्मचारीका लागि तीन दिने तालिम सुरु भएको छ।
सहकारी संस्थामा प्रभावकारी सुशासन, वित्तीय व्यवस्थापन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। विशेषगरी महिलाले नेतृत्व गरेका सहकारी संस्थालाई थप सक्षम बनाउँदै सहकारीको व्यवस्थापन, वित्तीय अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य तालिमको रहेको  पोषण परियोजना कार्यक्रम संयोजक राजेश शाहीले बतायका छन ।

प्लान इन्टरनेशनल नेपालको सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) र किर्डाक नेपालको सहजीकरण तथा रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाको समन्वयमा सञ्चालित पोषण परियोजना अन्तर्गत तालिमको आयोजना गरिएको हो।
तालिममा रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाका महिलाले नेतृत्व गरेका तीन वटा सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको छ। सहकारीका अध्यक्ष, पदाधिकारी तथा कर्मचारीलाई संस्थाको उद्देश्यअनुसार सहकारी सञ्चालन, निर्णय प्रक्रिया, वित्तीय कारोबार, अभिलेख व्यवस्थापन र सदस्यप्रतिको उत्तरदायित्वका विषयमा थप ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्य राखिएको छ।

पोषण परियोजनाअन्तर्गत महिलाले नेतृत्व गरेका सहकारी संस्थाको संस्थागत क्षमता अभिवृद्धिलाई समेत तालिमले प्राथमिकतामा राखेको छ।

महिलाको नेतृत्वमा सञ्चालन भइरहेका सहकारीलाई आर्थिक रूपमा सक्षम, व्यवस्थापनका हिसाबले व्यवस्थित र निर्णय प्रक्रियामा थप प्रभावकारी बनाउन तालिम उपयोगी हुने अपेक्षा गरिएको छ। सहकारीको माध्यमबाट महिलाको आर्थिक सशक्तीकरणसँगै परिवार तथा समुदायको पोषण र जीविकोपार्जनमा समेत सकारात्मक योगदान पुर्‍याउने उद्देश्य परियोजनासँग जोडिएको छ।सहकारीका पदाधिकारी तथा कर्मचारीलाई आफ्नो जिम्मेवारी, अधिकार र कर्तव्यबारे स्पष्ट बनाउँदै संस्थाको दीर्घकालीन विकासका लागि आवश्यक योजना निर्माण तथा कार्यान्वयनमा सक्षम बनाउने लक्ष्य पनि तालिमको रहेको छ।
रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाका सहकारीका पदाधिकारी तथा कर्मचारीको सहभागिताले तीनवटै स्थानीय तहका सहकारीबीच अनुभव आदानप्रदान गर्ने अवसरसमेत सिर्जना गरेको छ।
तालिमका क्रममा सहकारी सञ्चालनका क्रममा देखिएका समस्या, चुनौती, असल अभ्यास तथा समाधानका उपायबारे सहभागीबीच छलफल तथा अनुभव आदानप्रदान हुने जनाइएको छ। यसबाट स्थानीय तहमा रहेका सहकारी संस्थाहरूबीच सिकाइ आदानप्रदान हुनुका साथै आगामी दिनमा संस्थागत सुधारका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तालिममा हिमचुली कृषि सहकारी संस्थाका पूर्वअध्यक्ष कालीबहादुर महताराले प्रशिक्षण दिइरहेका छन्।
महताराले सहकारी सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा सहभागीलाई प्रशिक्षण दिँदै सहकारी संस्थालाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक पर्ने व्यवहारिक पक्षमा समेत जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित