कालिकोट जिल्लास्तरीय बाल भेला सुरु

कालिकोट जिल्लास्तरीय बाल भेला सुरु

किरण अधिकारी
कालिकोट
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक नेपाल) कालिकोटको आयोजनामा तथा किर्डाक नेपाल र सादा नेपालसँगको सहकार्यमा जिल्ला स्तरीय बाल भेला सदरमुकाम मान्ममा सुरु भएको छ ।कालिकोट जिल्ला स्तरिय बालभेला पुस २६ र २७ गते गते सम्म संचालन हुने छ ।
प्लान इन्टरनेशनल नेपाल र सशक्त बालिका परियोजनाको सहयोगमा जिल्लास्तरीय बाल भेला सुरु भएको होजिल्ला स्तरीय बाल भेलामा कालिकोट जिल्लाका ९ वटै स्थानीय तहबाट बालबालिकाको सहभागिता रहेको छ । साथै कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता छ ।
कार्यक्रममा हुरेन्डेक नेपालका उपाध्यक्ष खडानन्द अधिकारीले शुभकामना मन्तव्य राख्दै बाल भेलाले बालबालिकालाई आफ्ना अधिकार, कर्तव्य र जिम्मेवारीबारे सचेत गराउने महत्वपूर्ण अवसर प्रदान गरेको बताए । उनले बालबालिकाको सहभागिताले नीति निर्माण र स्थानीय विकास प्रक्रियामा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेको बताए ।
उपाध्यक्ष अधिकारीले बालबालिकाको क्षमता अभिवृद्धि, नेतृत्व विकास र सुरक्षित भविष्य निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताउँदै आयोजक, सहकार्य संस्था तथा सहभागी बालबालिकालाई सफल कार्यक्रमको शुभकामना व्यक्त गरे ।

बाल भेलाले बालबालिकाको अधिकार, आवाज र सहभागितालाई उजागर गर्ने अवसर प्रदान गरेको छ । बालमैत्री समाज निर्माणका लागि सञ्चारमाध्यमले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ भन्ने भनाई नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टको छ ।
बाल भेलाले बालबालिकालाई आफ्ना अधिकार र जिम्मेवारीबारे सचेत गराउँदै उनीहरूको आवाजलाई नीति निर्माणसम्म पुर्याउन पुगाउन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुँयलले बताए ।
जिल्लास्तरीय बाल भेलाले बालबालिकालाई आफ्ना अधिकार, कर्तव्य र जिम्मेवारीबारे सचेत गराउँदै उनीहरूको नेतृत्व क्षमता र सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । बालबालिकाका आवाजलाई नीति तथा योजना निर्माण प्रक्रियासम्म पुर्याउन यस्ता कार्यक्रम आवश्यक रहेको हुरेन्डेक नेपाल कालिकोटका अध्यक्ष गौरी कुमारी शाहीले बताइन् ।
कार्यक्रमको सभा अध्यक्षता हुरेन्डेक नेपालकी अध्यक्ष गौरी कुमारी शाही तथा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयँलको उपस्थिति रहेको थियो । बाल भेलाले बालअधिकार, बाल सहभागिता तथा बालमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । बालभेला कार्यक्रमको सञ्चालन हुरेन्डेक नेपाल कालिकोद्वारा सञ्चालित आर एन डब्लु आईपी परियोजना संयोजक सूर्य बहादुर रोकायाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित