नेकपा एमाले रास्कोट नगर कमिटीको आयोजनामा रास्कोट नगरपालिकामा चुनावी बैठक सम्पन्न भएको छ। स्थानीय तहदेखिकेन्द्रसम्मका नेताहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त बैठकले रास्कोट क्षेत्रमा चुनावी गतिविधि थप सशक्त बनेकोदेखिएको छ।
बैठक रास्कोट नगर कमिटीका सभाध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगेन्द्र शाही‘नेशनल’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुर्मराज शाही, जिल्ला पार्टी अध्यक्ष तुलाराज मल्ल, रास्कोट नगर कमिटी इन्चार्ज तथा कर्णाली प्रदेश कमिटी सदस्य लक्ष्मण बहादुर बमलगायतनेताहरूको सहभागिता रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगेन्द्र शाही ‘नेशनल’ले देशको समृद्धि, स्थिरता र दिगो विकासका लागि नेकपा एमालेअपरिहार्य शक्ति भएको बताए। उनले एमालेले जनताको आवश्यकता र चाहनाअनुसार काम गर्दै आएको उल्लेख गर्दै आगामीनिर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे। “स्थिर सरकार र विकासको आधार एमाले हो,” उनले बताए।
केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुर्मराज शाहीले कर्णालीको विकास र समृद्धिका लागि सक्षम, इमानदार र जनमुखी नेतृत्वआवश्यक रहेको उल्लेख गरे। उनले जनताको भरोसा जित्न सक्ने पार्टी एमाले मात्र भएको दाबी गर्दै सबैलाई एकताबद्ध भएर चुनावीअभियानमा लाग्न आग्रह गरे।
जिल्ला पार्टी अध्यक्ष तुलाराज मल्लले पार्टी संगठनलाई थप मजबुत बनाउँदै चुनावी मैदानमा एकजुट भएर अघि बढ्न कार्यकर्तालाईनिर्देशन दिए। उनले रास्कोट क्षेत्रबाट एमाले उम्मेदवारलाई भारी मतले विजयी गराउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिकाखेल्नुपर्नेमा जोड दिए।
त्यसैगरी, रास्कोट नगर कमिटी इन्चार्ज तथा कर्णाली प्रदेश कमिटी सदस्य लक्ष्मण बहादुर बमले जनताको साथ, समर्थन रविश्वासका कारण एमालेको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे। उनले चुनावी अभियानलाई गाउँ–गाउँ, टोल–टोलसम्म विस्तारगरी जनताको मन जित्ने गरी अघि बढ्न निर्देशन दिए।
चुनावी बैठकमा स्थानीय नेता–कार्यकर्ता, युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमार्फतरास्कोट क्षेत्रमा एमालेको चुनावी अभियान थप सशक्त बन्दै गएको नगर कमिटी सचिव कमल बरालले जानकारी दिए





