बडीमालिका यात्रालाई व्यवस्थित बनाउन रास्कोट नगरपालिकाको अपिल

बडीमालिका यात्रालाई व्यवस्थित बनाउन रास्कोट नगरपालिकाको अपिल

कालिकोट जनैपूर्णिमाको अवसरमा प्रसिद्ध धार्मिकस्थल बडीमालिकामा हुने धार्मिक मेला तथा विशेष पूजालाई व्यवस्थित र सुरक्षित बनाउन रास्कोट नगरपालिकाले सार्वजनिक अपिल जारी गरेको छ।

नगरपालिकाले बडीमालिका जाने श्रद्धालु भक्तजन तथा तीर्थयात्रीलाई खाना, सुरक्षित बास, स्वच्छ खानेपानी र आवश्यक सहयोग उपलब्ध गराउन नगरवासी, होटल तथा व्यवसायी, होमस्टे सञ्चालक र विभिन्न संघसंस्थालाई आग्रह गरेको छ।

विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका, अशक्त तथा समस्यामा परेका यात्रुलाई निःशुल्क वा सहुलियतपूर्ण सेवा दिन नगरपालिकाले अनुरोध गरेको छ।

नगरपालिकाको अपिलअनुसार भदौ ४ गते सुर्खेतको भैरव मन्दिरबाट बडीमालिका डोलीयात्रा सुरु भई रास्कोट हुँदै देउरामालिका, क्षेत्रडी, पाटनकुडा, कैलाशगाड र त्रिवेणी पुग्ने कार्यक्रम छ। भदौ १० गते बडीमालिका मन्दिरमा पूजाआजा तथा भदौ ११ गते सरकारी पूजा हुने जनाइएको छ।

नगर प्रमुख धर्मराज शाहीले जारी गरेको अपिलमा तीर्थयात्रीको सेवा नै धर्मसेवा हो’ भन्दै धार्मिक यात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित