कालीकोटका सामुदायिक विद्यालय अब्बल बन्न थालेका छन् । दरिलो व्यवस्थापनका कारण कालीकोटका सामुदायिक विद्यालयले काँचुली फेर्दै छन्। गुणस्तरमा सुधारसँगै नमुना बन्ने होडबाजी विद्यालयको छ । प्रधानाध्यापक,शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको पञ्चदेवल माध्यमिक विद्यालयले पछिल्लो समय व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएको हो । जसको परिणाम अभिभावकमा सामुदायिक विद्यालयप्रतिको सोच बदलिएको छ । आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउन उनीहरू खुसी भएका छन् । सान्नी त्रिवेणी गाउँपालिकामा रहेको पञ्चदेवल माध्यमिक विद्यालयमा नियमित खेलकूद र अतिरिक्त क्रियाकलापसँगै विद्यार्थीमैत्री कसरी बनाउने भन्ने विषयमा अभिभावकसंग छलफलमा समेत जुट्ने गरेकाे छ। विद्यालयले विद्यार्थीको नियमित अनुगमन गर्ने गर्दछन् । र विद्यार्थीको पढाइ सरसफाइलगायत अतिरिक्त क्रियाकलापको समेत जानकारी गराउने कार्य भइरहेको प्रध्यानाध्यापक हिरामणी सिम्खाडाले बताए । उनले भने ‘विद्यालयलाई समयअनुकुलको बनाउन,विद्याललय सुधार योजना,शैक्षणीक योजना,लक बुक, नमुना कक्षाकोठा व्यवास्थापन तयार गरीएको छ ।’दुर्गम बस्तीमा रहेको यो विद्यालयमा शैक्षिकस्तर बढाउनका लागि भरपूर्ण मिहेनत गर्न शिक्षकले प्रतिबद्धता जनाउँदै विशेष कार्ययोजनासमेत निर्माण गरी लागू गरिरहेको जनाएका छन् । विसं २०१६ मा स्थापना भएको विद्यालयले बाल विकासदेखि कक्षा १२ सम्म सञ्चालन गरेको छ ।

विद्यालयमा प्राविधिक धार, विज्ञान प्रयोगशालासमेत नियमित सञ्चालन हुने गरेका छन् । गैरसरकारी संस्थाको प्रयासमा सान्नी त्रिवेणी गाउँपालिकामा रहेको पञ्चदेवल माध्यमिक विद्यालयमा पछिलो समय पञ्चदेवल माध्यमिक विद्यालयले स्मार्ट कक्षा सञ्चालन गर्न थालेपछि विद्यार्थीको आकर्षण थप बढ्दै गएको छ । कक्षा ९ देखि १२ सम्म प्राविधिक धारका पढाइ सुरु छ ।विद्यालयमा विज्ञान प्रयोग साला स्थापना छ । ‘किताबबाट कक्षामा सरहरूले बुझाउँदा निकै समस्या पथ्र्यो,’ कक्षा ९ का छात्र रोशन संज्यालले भने, ‘अहिले विज्ञान प्रयोग सालामा आफै प्रतक्ष्य देखेरै अध्ययन गर्दा विषयबारे प्रष्ट हुन्छ ।’ उनले थपे, ‘चाहेका विषयवस्तुको बारे छलफल हुने गरेको छ ।’यो स्कुलमा विद्यार्थीलाई सजाय होइन सल्लाह, सुझाव र हौसला दिएर सिकाइन्छ । मध्यम र कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षाको व्यवस्था छ । अंग्रेजी माध्यमबाट पनि पढाइने सञ्चालन गरिन्छ । विद्यालयको नेतृत्व (प्रधानाध्यापक) हिरामणी सिम्खाडाको हातमा आयो,विद्यालयले काँचुली मात्र फेरेन, अब्बल बन्न पुग्यो । अहिले ४ सय ५० भन्दा बढी विद्यार्थी खुसीसाथ अध्ययनरत छन्।प्रत्येक शैक्षिक सत्र सुरु हुनुअघि शैक्षिक योजना बनाउन अन्तरक्रिया गर्ने छात्रालाई कक्षामा टिकाइराख्न महिनावारी आराम कक्ष, हरित विद्यालय प्रबधन कार्यक्रम,विज्ञान प्रयोग शाला, अतिरिक्त किरियाकलाप, विहृतर यौनिकता शिक्षा, लागू गरेपछि माथिल्लो कक्षामा विद्यार्थी आकर्षण बढेको हो । अहिले किर्डाक नेपाल कालीकोट र प्लान इन्टरनेसनल नेपालको सहयोगद्धारा संचालित सशक्त बालिका परियोजना अन्र्तगत विद्यालयमा महिनावारी आराम कक्ष, हरित विद्यालय प्रबधन कार्यक्रम,विज्ञान प्रयोग शाला, अतिरिक्त किरियाकलाप, विहृतर यौनिकता शिक्षा लागू गरेको किर्डाक नेपाल कालीकोटका अनुगमन तथा मूल्याङ्कन अधिकृत प्रेम चौलागाईले बताए । विद्यालयमा नियमित ९ बजेर ५० मिनेटमा विद्यालयमा विद्यार्थी र शिक्षक उपस्तित हुने गरेका छन् । विद्यालयमा ५६ जना प्राविधिक धारको कम्पुटर इन्जीनेरिङ पढिरहेका छन्। विद्यालयमा अहिले भवनको अभाव रहेको विद्यालयले जनाएको छ ।





