अस्पतालले गर्यो कैदिबन्दिहरुको स्वास्थ्य परिक्षण ।

अस्पतालले गर्यो कैदिबन्दिहरुको स्वास्थ्य परिक्षण ।

किरण अधिकारी
कालिकोट
जिल्ला कारागार कालिकोटमा रहेका कैदिबन्दिहरुको स्वास्थ्य परिक्षण संगै उपचार गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा ४५ जना कैदिबन्दिको स्वास्थ्य परिक्षण सँगै उपचार गरिएको हो ।
स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नविर सुनारले कारागार भित्रका ४५ जना कैदिको स्वास्थ्य परिक्षण संगै उपचार गरिएको बताए ।परिक्षण गरियका ४५ जना मध्ये अधिकांस कैदिबन्दी हरुमा छालारोग, मानशिक समस्या र दमका बिरामी भेटिएको डा.सुनारले बताए ।उनका अनुसार पटक पटक कारागार भित्रका कैदिबन्दि हरूको स्वास्थ्य परिक्षण गर्नु पर्ने वताउदै स्वास्थ्य सेवा कार्यालय कालिकोटले यो अभियान थालेको र प्रतेक महिनामा एक दिन कारागारमै पुगेर कैदबन्दिको स्वास्थ्य परिक्षण र उपचार गर्ने गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित