किरण अधिकारी,कालिकोट
कालीकोटको पलाँता गाउँपालिका-३ स्थित भकार लेखमा रहेको भेडा गोठमा आगलागी हुँदा स्थानीय कृष्णलाल रोकायाका ४५ वटा भेडा, पाठा जलेर नष्ट भएका छन् ।
बिहीबार राति ८ बजे गोठमा आगलागी हुँदा ५५ मध्य ४५ भेडा, पाठा जलेर मरेको पलाँता गाउँपालिका अध्यक्ष
विष्णु बहादुर रोकायाले जानकारी दिए ।
लेखमा रहेको उक्त गोठमा खाना पकाउने बेला अचानक आगलागी हुदाँ गोठमा रहेका ४५ वटा भेडा,अन्नपा,लत्ताकपडा जली नष्ट भएको प्रहरीले जनाएको छ।
अन्य विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय कालीकाेट जनाएको छ।





