जिप दुर्घटनामा ३ जना मजदुर को मृत्यु , यकजना बेपत्ता

जिप दुर्घटनामा ३ जना मजदुर को मृत्यु , यकजना बेपत्ता

किरण अधिकारी
कालिकोट
जिल्लाको सेरी पान्तडी सडक खण्डअन्तर्गत पर्ने शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार ३ जनाको मृत्यु भएको छ भने यकजना बेपत्ता रहेका छन । 
सेरो पान्तडी सडक खण्ड निर्माण गर्ने व्यवसायी अर्जुन गौतमको ठेक्कामा काम गर्ने भाडाको जिप दुर्घटना भएको प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । उनका अनुसार सडकबाट ३ सय मिटर तल तिला नदी किनारा नजिक तिन जनाको लास भेटिएको हो ।
जिप दुर्घटनाको खबर आएपछि जिल्ला प्रहरी प्रमुख खत्री, प्रजिअ गोकर्णराज सुयल घटनास्थल पुगेका छन् । रातिको समय जिप भीरमा दुर्घटना भएकाले बेपत्ता खोज्न कठिनाइ भएको जनाइएको छ ।
‘३ जनाको शव भेटिएको छ,’ उनले भने, ‘ गाडिमा चार जना सवार भयको प्रारम्भिक जानकारी आयको छ एकजना लाई खोज्दै छौं, मृतकको सनाखत भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित