भरोसा कालिकोटको संकल्प समृद्वीको´चुनावि नारा सहित चुनावि मैदानमा नगेन्द्र शाही (नेश्नल)

भरोसा कालिकोटको संकल्प समृद्वीको´चुनावि नारा सहित चुनावि मैदानमा नगेन्द्र शाही (नेश्नल)

किरण अधिकारी
कालिकोट

फागुन २१ गते हुने प्रतिनिधि शभा सदस्यको लागि कालिकोट नेकपा एमालेको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलय मान्ममा एमाले बाट नगिन्द्र शाही (नेसनल)को उम्मेदवारी दर्ता भएको हो । नेकपा एमाले केन्द्रिय कमिटि सदस्य तथा कालिकोट जिल्ला ईन्चार्ज समेत रहेका शाही उम्मेदवार को लागि जिल्ला बाट एकल सिफारिस भयका थिय ।
उम्मेदवारी दर्ता पछि कोण शभामा बोल्दै शाहीले कालिकोटको बिकास ,समृद्वी को लागि नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गर्न आग्रह गरेका थिय ।साथै उनले यस अघिका निर्वाचनमा बिजयी भयका प्रतिनिधि शभा सदस्यले कालिकोटको बिकासमा खेलेको भुमिका जनताले घाम र छाया झै देखिसकेको बताय । शभा मा बोल्दै नेकपा एमालेका अनुभवि नेता तथा पुर्व मन्त्री कुर्मराज शाहीले बर्तमान समयको आवस्यकता र जनताको प्रिय पात्र नगेन्द्र शाहीनै भयको जिकिर गरे । राजनितिको लामो अनुभव युवापुस्ताका आसा र भरोसा शाहि नै भयकाले कालिकोट बाट नेकपा एमालेको जित सुनिश्चित भयको बताएका थिय ।
`भरोसा कालिकोटको संकल्प समृद्वीको´चुनावि नारा सहित शाही मैदानमा देखियका छन । शाही संग नेपाली कम्युनिष्ट पार्टि बाट पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही र टिकट नपायपछि स्वतन्त्र उम्मेदवारी दियका जिवन बुढा , पुर्व मन्त्री तथा नेकपा माओवादिका प्रवक्ता प्रकाण्ड , नेपालि कांग्रेस बाट हर्ष बहादुर बम र रास्ट्रिय स्वतन्त्र पार्टि का उम्मेद्ववार प्रकास न्यौपाने, ने म कि पा बाट नन्द बहादुर शाही लगायत चुनावि प्रतिस्पर्धा को मैदान मा देखियका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित