सामाजिक संजालमा देखियका भ्रमका पछाडि नलाग्न नेकपा एमाले कालिकोटको आग्रह

सामाजिक संजालमा देखियका भ्रमका पछाडि नलाग्न नेकपा एमाले कालिकोटको आग्रह

किरण अधिकारी
कालिकोट

सामाजिक संजालमा देखियको अनावस्यक भ्रम का पछाडि नलाग्न र बिस्वास नगर्न नेकपा एमाले कालिकोटले आग्रह गरेको छ । यहि फागुन २१ गते हुने प्रतिनिधि शभा सदस्य निर्वाचनको लागि कालिकोटमा नेपाल कम्युनिष्ट पार्टि माओवादि (गुलाव) संग चुनावि एकता हुने कुरा सामाजिक संजालमा देखियपछि पार्टिले आफ्नो स्पस्ट धारणा सार्वजनिक गरेको हो ।

बुधवार पार्टि कार्यालय मा आयोजित पत्रकार सम्बेलनमा उठेको प्रस्नमा जवाफ दिदै नेकपा एमाले कालिकोट जिल्ला अध्यक्ष तुलराज मल्लले कालिकोटमा कुनैपनि राजनैतिक दल संग चुनावि एकता नभयको प्रस्ट पारेका थिय । साथै उनले नेकपा एमालेको तर्फबाट नगेन्द्र शाही नेश्नल उम्मेदवार भयको र कालिकोटका आममतदाता लाई नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका थिय ।

उनले सम्मेलन मा बोल्दै आम कालिकोट बासिको मनोभावना र चाहना अनुसार नेकपा एमाले ले समय सापेक्ष योग्य उम्मेदवार खडा गरेको हुदा सम्पुण पार्टि पंक्तिलाई निर्वाचनको बृहत तयारीमा लाग्न आग्रह गरेका थिय ।

नेकपा एमाले कालिकोट प्रचारप्रसार तथा प्रकासन बिभागले आयोजना गरेको पत्रकार सम्बेलनमा पत्रकारका जिज्ञासा को जवाफ दिदै नेकपा एमाले केन्द्रिय सदस्य,कालिकोट जिल्ला ईन्चार्ज तथा प्रतिनिधि शभा सदस्य निर्वाचन २०८२ का उम्मेदवार नगेन्द्र शाही नेश्नल ले नेकपा एमालेको प्रतिबद्वता नै कालिकोटको प्रतिबद्वता भयको जिकिर गरे । कालिकोट जिल्लाको उपस्थिति केन्द्र मा बलियो बनाउनको लागि एमालेको जित आवस्यक रहेको शाहीले बताय । उनले भने कालिकोटको बिकास टुक्रा टुक्रमा होईन एकिकृत बिकास आवस्यक रहेको छ , युवालाई कालिकोटमै रोजगारीदिनको लागि लगानि सिर्जना र रोजगारी सिर्जना गर्न निति काठ्माडै बाट होईन कालकोट सुहाउदो बनाउनु पर्दछ । कालिकोट लाई समृद्व बनाउनको लागि कालिकोट मा रहेको स्रोत साधनको उच्चतम प्रयोग गरि बतावरण र समयानुकुल बिकास गर्न नेकपा एमाले प्रतिबद्व रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित