किरण अधिकारी
कालिकोट
जिल्ला क्रीकेट संग कालिकोटका अध्यक्ष एवंम कर्णाली प्रदेश क्रीकेट सघका उपाध्यक्ष खडक जंग शाही लाई कालिकोट जिल्ला क्रिकेट संघले सम्मान गरेको छ ।
जिल्ला सदरमुकाम मान्ममा आयोजित यक कार्यक्रम का बिच शाही लाई सम्मान गरियको थियो । सम्मान कार्यक्रम मा खाडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाही , प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयल,प्रहरी प्रमुख हेम बहादुर खत्री ,अनुसन्धान प्रमुख र नेपाल पत्रकार महासंघ कालिकोट जिल्ला अध्यक्ष भरत राज बिष्टको सहभागिता रहेको थियो ।
सम्मानित शाहीले सन् २०२५ अगष्टमा १४ अस्ट्रेलियामा भयको टप एण्ड टि ट्वान्टि क्रिकेट प्रतियोगितामा अब्बल ब्यावस्थापक को भुमिका निर्वाह गरि नेपाललाई क्वाटरफाईनल सम्म पुर्याउन महत्वपुण भुमका निर्वाह गरेको भन्दै सम्मान गरियको हो ।
सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले आफ्ना बुवाआमाको सपना डक्टर बनाउने भयपनि आफु क्रिकेट खेल तिर प्रेरित भयको बताएका थिय । दार्जिलिङ तिरका अग्रज दाईहरुको प्रेरणा बाट २०५२ सालमा भ्यालि स्तरीय खेल खेल्दै २०५५ सालमा १३ बर्षको उमेरमै राष्ट्रिय खेल खेलेको बताय । उतिबेलाका सहपाठि सक्ति गौचन,बिनोद दासलाई सम्झदै कालिकोटमा क्रिक्रेट भन्ने केहो थाह नहुदै आफु रास्ट्रिय खेलाडि बन्नुमा कालिकोटको भुमिले पनि आसिर्वाद दियको बताएका थिय । अन्डर १९ तर्फ रास्ट्रिय खेल खेलिसकेका शाही नेपाल पुलिस क्लवबाट पनि २ बर्ष क्रिकेट खेलेका थिय । खेल भित्रको आन्तरिक राजनिति लाई सहन नसकेर खेल जिवनलाई थाति राख्दै छमता भयका खेलाडि छनौट हुन भन्ने उदेश्यले आफु ब्यावस्थापन समिति तिर लागेको शाहिले बताए । अहिले क्रिकेटमा धेरै युवा जमातको आकर्षण बड्दै गईरहेको बताउदै शाहीले क्षमतावान खेलाडि लाई छनौटमा क्रिकेट संघ (क्यान)ले कुनै हस्तक्षेप नगर्ने बताएका थिय ।





