कालिकोटमा एमालेको ‘परिणाममुखी’ चुनावी रणनीति, कार्यकर्ता मैदानमा सक्रिय

कालिकोटमा एमालेको ‘परिणाममुखी’ चुनावी रणनीति, कार्यकर्ता मैदानमा सक्रिय

किरण अधिकारी

कालिकोट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कालिकोटको नवौँ जिल्ला बैठक सम्पन्न भएको छ। बैठकले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक राजनीतिक अवसरका रूपमा लिँदै पार्टीका उम्मेदवार नगेन्द्र शाहीलाई विजयी गराउने लक्ष्यसहितसंगठन, कार्यकर्ता परिचालन जनसम्पर्क अभियानलाई व्यापक प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकमा आगामी निर्वाचनका लागि पार्टीको समग्र राजनीतिक रणनीति, कार्ययोजना तथा संगठनात्मक अवस्थाबारे गहन समीक्षागरिएको थियो। विशेषगरी कालिकोट जस्तो भौगोलिक रूपमा विकट विकासमा पछाडि परेको जिल्लामा निर्वाचनलाई कसरीजनमुखी परिणाममुखी बनाउने भन्ने विषयमा केन्द्रित छलफल भएको थियो।

बैठकले निर्वाचन सफल बनाउन जिल्लास्तरदेखि वडास्तरसम्म विभिन्न निर्वाचन परिचालन समिति गठन गर्ने, पार्टी संगठनलाई थपचलायमान बनाउने तथा कार्यकर्तालाई जिम्मेवारीसहित मैदानमा उतार्ने निर्णय गरेको छ। यसअनुसार जिल्लाका नौवटै स्थानीय तह ८२ वटै वडामा चुनावी घरदैलो अभियान, मतदाता भेटघाट तथा जनसंवाद कार्यक्रम सञ्चालन गरिनेछ।

बैठकमा जिल्लाका नौ वटै पालिका कमिटीहरूले आफ्नो विस्तृत रिपोर्टिङ प्रस्तुत गरेका थिए। पालिका कमिटीकाप्रतिनिधिहरूले वडा तहसम्म पार्टी संरचना क्रियाशील रहेको, कार्यकर्ता उत्साहका साथ निर्वाचनमा होमिन तयार रहेको जनस्तरमानेकपा एमालेप्रति विश्वास समर्थन बढ्दै गएको बताएका थिए। उनीहरूले कालिकोटमा वर्तमान राजनीतिक अवस्थाअनुसार नेकपाएमाले सबैभन्दा बलियो शक्ति भएको दाबी गर्दै निर्वाचन परिणाम पार्टीको पक्षमा आउने विश्वास व्यक्त गरेका थिए।

बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सदस्य नगेन्द्र शाहीले कालिकोट दशकौँदेखिराज्यको नीति बजेट वितरणमा उपेक्षित हुँदै आएको जिल्ला भएको बताए।

उनले भने, “कालिकोटका जनताले अझै पनि आधारभूत सडक, गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी शिक्षा रोजगारीका अवसरखोजिरहेका छन्। विगतका सरकारहरूले यहाँ विकासको सपना देखाए, तर व्यवहारमा धोका दिए। अब भाषण होइन, परिणाम दिनेराजनीति आवश्यक छ।

शाहीले कालिकोटको मुद्दा अब जिल्लामा मात्र सीमित नराखी संघीय संसदमा सशक्त रूपमा उठाउनुपर्ने आवश्यकता औँल्याउँदैनेकपा एमाले मात्र त्यसका लागि सक्षम पार्टी भएको दाबी गरेका थिए। उनले भ्रष्टाचार, कुशासन अवसरवादविरुद्ध संघर्ष गर्दैविकास, सुशासन, राष्ट्रियता सामाजिक न्यायको एजेन्डा लिएर जनतामाझ जाने बताए।

त्यसैगरी बैठकको अध्यक्षता गरेका नेकपा एमाले कालिकोट जिल्ला अध्यक्ष तुलाराज मल्लले आगामी निर्वाचन कालिकोटकोराजनीतिक दिशा निर्धारण गर्ने निर्णायक मोड भएको बताएका थिए।

उनले भने, “कालिकोटले अब प्रयोग होइन, परिणाम खोजेको छ। संगठन वडादेखि जिल्ला हुँदै केन्द्रसम्म सुदृढ छ। जनतासँग प्रत्यक्षसंवादमार्फत एमालेको नीति, कार्यक्रम प्रतिबद्धता घरघरमा पुर्‍याइनेछ।

मल्लले विगतमा भएका राजनीतिक अस्थिरता, कमजोर नेतृत्व गलत नीतिका कारण कालिकोट विकासमा पछाडि परेको उल्लेखगर्दै अब स्थिर सरकार, स्पष्ट दृष्टिकोण बलियो नेतृत्व आवश्यक रहेको बताए। उनले कार्यकर्तालाई पार्टी अनुशासनमा रहेरजिम्मेवारीपूर्वक निर्वाचनमा खटिन निर्देशन दिएका थिए।

बैठकमा प्रदेश कमिटी सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, सबैपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरू तथा शुभेच्छुकहरूको उल्लेखनीयउपस्थिति रहेको थियो।

बैठकले अन्त्यमा आगामी दिनमा पार्टीको गतिविधि अझ तीव्र बनाउने, जनताको गुनासो सुन्ने संयन्त्र सक्रिय गर्ने निर्वाचनलाईआन्दोलनको रूपमा अगाडि बढाउने निष्कर्ष निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित