कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकामा नेकपा एमाले गाउँकमिटीको आयोजनामा आगामी निर्वाचनलाईलक्षित गरी बिस्तारित बैठक सम्पन्न भएको छ। स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्तालाई एकताबद्ध गर्नेतथा निर्वाचन रणनीति तय गर्ने उद्देश्यले आयोजित उक्त बैठकमा उल्लेखनीय जनसहभागिता रहेको थियो।
बैठकका सभाध्यक्ष नेकपा एमाले शुभकालिका गाउँकमिटी अध्यक्ष जनक सेजुवाल रहेका थिए भने प्रमुख अतिथिका रूपमा निर्वाचनपरिचालन कमिटी संयोजक तथा गाउँकमिटी इन्चार्ज कृष्ण प्रसाद आचार्य सहभागी रहेका थिए। बैठकमा नेकपा एमाले जिल्लासचिव पुष्पराज आचार्य, पूर्व प्रदेश कमिटी सदस्यहरू भरतराज धिताल र हिरे सुनार, साथै जिल्ला तथा स्थानीय तहका अन्यनेताहरूको विशेष उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्ण प्रसाद आचार्यले नेकपा एमाले जनताको भरोसाको पार्टी भएको उल्लेख गरेका छन्।उनले विकास, सुशासन र समृद्धिको यात्रामा पार्टीले स्पष्ट दृष्टिकोण लिएको भन्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबैकार्यकर्ता अनुशासित, संगठित र जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्। उनले संगठन मजबुती नै निर्वाचन विजयको आधार हुनेधारणा व्यक्त गरेका छन्।
जिल्ला सचिव पुष्पराज आचार्यले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा कार्यकर्तापरिचालनमा जोड दिएका छन्। उनले पार्टीको नीति, विचार र कार्यक्रम जनतासम्म प्रभावकारी रूपमा पुर्याउन सबै तहका कमिटीसक्रिय हुनुपर्ने बताएका छन्।
बैठकमा पूर्व शिक्षक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य मधु प्रसाद आचार्यले नेकपा एमालेको नीति, विचार र नेतृत्वबाट प्रभावित हुँदै पार्टीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वकपूरा गर्दै निर्वाचन अभियानमा सक्रिय भूमिका खेल्ने बताएका छन्।
बैठकमा सहभागी अन्य वक्ताहरूले आगामी निर्वाचन नेकपा एमालेका लागि निर्णायक हुने बताएका छन्। उनीहरूले संगठनात्मकएकता, अनुशासन र जनविश्वास नै चुनावी सफलताको आधार भएको उल्लेख गरेका छन्।
उक्त बिस्तारित बैठकमा नेकपा एमाले गाउँकमिटीका पदाधिकारी, पार्टी कार्यकर्ता, विभिन्न वडाबाट आएका प्रतिनिधि तथा स्थानीयजनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकको सञ्चालन प्रेस चौतारी नेपाल कर्णाली प्रदेश सदस्य किरणअधिकारीले गरेका छन्।





