पलातामा एमालेको लहर : प्रभावशाली नेता–कार्यकर्ता पार्टी प्रवेश

पलातामा एमालेको लहर : प्रभावशाली नेता–कार्यकर्ता पार्टी प्रवेश

पलाँता गाउँपालिका — “भरोसा कालिकोटको, संकल्प समृद्धिकोभन्ने मूल नारा का साथ पलाता गाउपालिका क्षेत्रमा आयोजितनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादीलेनिनवादी) (एमाले) को बृहत् चुनावी सभा तथा चुनावी भेटघाटकार्यक्रम व्यापक जनसहभागिताका साथ सम्पन्न भएको छ।  आयोजित उक्त कार्यक्रममा स्थानीयवासीहरूकोउल्लेखनीय उपस्थिति देखिएको थियो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगिन्द्र शाही (नेशनल), पूर्व कृषि मन्त्री तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्यकुर्मराज शाही, पूर्व गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमलगायत नेताहरू तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।सभास्थल बिहानैदेखि स्थानीय नागरिक, युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उपस्थितिले भरिभराउ बनेको थियो।

विकास सुशासनमा जोड

उम्मेदवार शाहीले पलाँताका जनताले यसपटक विकास, सुशासन रोजगारीको पक्षमा निर्णायक परिवर्तनचाहेको बताए। उनले भने, “अब नागरिकहरू आश्वासन होइन, परिणाम खोजिरहेका छन्। पलाँतामा सडक सञ्जाल विस्तार, कृषिआधुनिकीकरण, शिक्षा स्वास्थ्य सेवामा गुणस्तरीय सुधार तथा युवालाई स्वरोजगारसँग जोड्ने ठोस योजना एमालेसँग छ।

उनले स्थानीय सम्भावनाको पहिचान गर्दै उत्पादनमुखी कार्यक्रम अघि बढाइने, कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाइने तथासाना तथा घरेलु उद्योगमार्फत रोजगारी सिर्जना गरिने प्रतिबद्धता व्यक्त गरे।

पूर्व मन्त्री कुर्मराज शाहीले कृषि, सडक तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै केन्द्र प्रदेशसँग समन्वय गरीबजेट सुनिश्चित गर्ने बताए। उनले पलाँतामा सिंचाइ, पशुपालन बागवानी विस्तारका कार्यक्रम ल्याइने उल्लेख गरे।

त्यस्तै, लक्ष्मण बहादुर बमले जनताको उत्साहले पलाँतामा परिवर्तनको स्पष्ट संकेत दिएको दाबी गर्दै पार्टीलाई थप सशक्त बनाउनेआह्वान गरे।

एमालेमा नवप्रवेशीहरूको स्वागत

कार्यक्रमकै क्रममा वडा नं. मा आयोजित चुनावी भेटघाट कार्यक्रममा विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गर्नेनवप्रवेशीहरूलाई उम्मेदवार शाहीले खादा तथा टीका लगाएर स्वागत गरेका थिए।

एमालेमा प्रवेश गर्नेहरूमा दन्त बम (नेकपा समाजवादी प्रदेश सदस्य), जनदेवि बम (२०७४ मा निर्वाचित वडा सदस्य, वडा नं. तथानेकपा कालिकोट जिल्ला सदस्य), कल बहादुर बम, बिर्सिङ बम, मनप्रसाद न्यौपाने, नैनसिंह बम, पुनि बिष्ट (नेपाली कांग्रेस) दन्तबिष्ट सहित ३२५ जना रहेका छन्।

नवप्रवेशीहरूले पलाँताको समग्र विकास, सुशासन स्थायित्वका लागि एमाले नेतृत्व आवश्यक रहेको विश्वास व्यक्त गरेका थिए।

जनसागरमा परिणत कार्यक्रम

स्थानीयवासीहरूको व्यापक सहभागिताले पलाता गाउपालिका क्षेत्र जनसागरमा परिणत भएको थियो। सहभागीहरूलेयसपटकको निर्वाचनलाई विकास परिवर्तनको आधारमा मूल्याङ्कन गर्ने बताएका छन्।

कार्यक्रमले पलाँतामा चुनावी माहोल थप तातेको एमालेप्रति जनसमर्थन बढ्दो क्रममा रहेको संकेत दिएको आयोजकहरूलेबताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित