जलवायु परिवर्तन र बिपत जोखिम न्युनिकरण सम्बन्धी अन्तरपुस्ता संवाद सम्पन्न

जलवायु परिवर्तन र बिपत जोखिम न्युनिकरण सम्बन्धी अन्तरपुस्ता संवाद सम्पन्न

कालीकोट: जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका विषयमा नागरिक समाज, युवा तथा सरोकारवालाबीच अन्तर–पुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा वर्तमान अवस्थामा जलवायु परिवर्तनले पारेका प्रभाव, प्राकृतिक विपद्का चुनौती तथा त्यसको न्यूनीकरणमा सराेकारवाला (जेन–जी) र युवाको भूमिकाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका कारण बढ्दो खडेरी, अनियमित वर्षा, पहिरो तथा अन्य प्राकृतिक विपद्का जोखिम न्यूनीकरणका लागि स्थानीय तह, समुदाय र युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले वातावरण संरक्षण, वृक्षारोपण, जलस्रोत संरक्षण तथा विपद् पूर्वतयारीका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम गैरसरकारी संस्था महासंघ नेपालको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोगमा सम्पन्न भएको हो । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् व्यवस्थापनमा सबै पुस्ताबीच सहकार्य र समन्वय बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईएकाे छ ।
गैरसरकारी संस्था महासंघ नेपाल कालीकाेटका अध्यक्ष दिलिप कुमार शाहीकाे अध्यक्षता, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद भट्टराईकाे प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत, प्रमुख जिल्ला अधिकारी गाेकर्णराज सुयलकाे विशेष आतिथ्यतामा भएकाे थियाे ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय काेषाध्यक्ष गाेविन्द बहादुर शाहीले युवाकाे शक्तिलाई देश बदल्ने शक्तिको रूपमा बदल्न आबश्यक रहेकाे बताए । उनले जलवायु परिवर्तन र विपद् जाेखिम न्यूनिकरणमा युवाहरूलाई लाग्न प्राेत्साहन गर्न आबश्यक रहेकाे बताए ।
अहिलेकाे जेन्जी पुस्तासंग भएकाे सिपलाई ब्यवहारमा लागू गर्न आबस्य भएकाे उनकाे भनाई थियाे ।
कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, युवा, नागरिक समाज तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित