कालिकोटका नयाँ प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईलाई सञ्चारकर्मीद्वारा स्वागत

कालिकोटका नयाँ प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईलाई सञ्चारकर्मीद्वारा स्वागत

कालिकोट — जिल्ला प्रशासन कार्यालय कालिकोटका  प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईलाई जिल्लाका सञ्चारकर्मीहरूले स्वागत गरेका छन्।

स्वागतपछि प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई थप प्रभावकारी, अनुशासित र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कर्मचारीहरूलाई समयमै कार्यालयमा उपस्थित हुन प्रेरित गर्ने उद्देश्यले हरेक दिन राष्ट्रगान बजाएर सेवा प्रवाहको सुरुवात गरिने जानकारी दिए।

उनले जिल्ला प्रशासन कार्यालय कालिकोटले नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न पूर्ण प्रतिबद्धताका साथ काम गर्ने उल्लेख गर्दै जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूबाट पनि रचनात्मक सहयोगको अपेक्षा रहेको बताए।

प्रमुख जिल्ला अधिकारी भट्टराईले प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज तथा सञ्चार क्षेत्रसँग प्रभावकारी समन्वय गर्दै समग्र कालिकोटको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न आफू कटिबद्ध रहेको बताए।

स्वागत कार्यक्रममा  सहायक प्रमुख जिल्ला  अधिकारी जनक शर्मा  नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य तुलाराम पाण्डे ,नेपाल पत्रकार महांसंघ शाखा कालिकोटका अध्यक्ष भरतराज बिष्ट सल्लाहकार कालिबहादुर मल्ल,प्रेस चौतारी कर्णाली प्रदेश कमिटि अध्यक्ष प्रेमराज सिम्खडा लगायत पत्रकारको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित